तिला नदिकाे पुलबाट चिप्लिएर एक युवा बेपत्ता

उज्यालो रैबार   ।   २०८० जेष्ठ ३०, मंगलवार १२:३०

जुम्ला : जुम्लामा एक जना युवा तिला नदिमा बेपत्ता भएका छन्। मंगलबार विहान ६ वजेर ५० मिनेटमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

जुम्लाको तिला गाउँपालिका(१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। बेपत्ता हुनेमा तिला(६ घोडे गाउँका कर्णबहादुर रोकाया छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेका छन्। तिला(१ रारालिही बजारबाट घर जाने क्रममा उनी चिप्लिएका थिए। चामलको बोरा लिएर तिला नदि तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका हुन। प्रहरी र स्थानीयले अहिले उनको खोजिकार्य गरिरहेको छ। तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको सूचना अधिकारी जोशीले बताए। नाग्म प्रहरीलाई पनि खवर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पराजित

२०८० जेष्ठ ३०, मंगलवार १२:३०
हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपको पहिलो खेलमा नेपाल पाराजित भएको छ। हङकङमा खेलमामा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ। जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनायो। बलिङ सानदार गरेको नेपालको ब्याटिङ जम्न नसक्दा हार बेहोरेको छ। […]