जुम्ला : ७ वडाको नतिजा आउँदा कांग्रेसबाट ४ र माओवादीबाट ३ वडाध्यक्षमा विजयी

उज्यालो रैबार   ।   २०७९ बैशाख ३१, शनिबार २०:३४

जुम्ला – जुम्लामा सात वटा वडाको नतिजा आउँदा चार वटा वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन वटा वडा जितेको छ ।

कांग्रेसबाट चन्दननाथ नगरपालिका १ मा तिलकप्रसाद न्यौपाने, तातोपानी गाउँपालिका १ मा कर्णबहादुर कठायत, हिमा गाउँपालिका १ मा रतनबहादुर शाही र सिञ्जा गाउँपालिका १ मा हरिनन्द आचार्य विजयी हुनुभएको हो ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट तिला गाउँपालिका १ मा सुवास बस्नेत, कनकासुन्दरी गाउँपालिका १ मा भीमबहादुर भण्डारी र पातारासी गाउँपालिका १ मा लालबहादुर ऐडी विजयी हुनुभएको हो ।

यसैबीच जुम्लाको गुठीचौर गाउँपालिकामा मतगणना भएको छैन । गुठीचौर ३ को शंकर माविमा झडप हुँदा जेठ १ गतेका लागि पुनः मतदान तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष,उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

२०७९ बैशाख ३१, शनिबार २०:३४
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी हुनु भएको छ । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी हुनु भएको हो ।  अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको […]