एमाले अध्यक्ष ओली २८ हजार फराकिलो मतले विजयी

उज्यालो रैबार   ।   २०७९ मंसिर ७, बुधबार १८:३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै फराकिलो मतसहित प्रतिनिधिसभामा विजयी भएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्।

ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।
अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ देखिएको छ।

ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ।
एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सहित ६ पटक यही क्षेत्रबाट निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन जिल्लाबाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

२०७९ मंसिर ७, बुधबार १८:३१
काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन […]