कालिकोटमा उमेर पुगेर विवाह गरे वडा बाट १० हजार रुपैयाँ पुरस्कार

उज्यालो रैबार   ।   २०७९ चैत्र ३, शुक्रबार १०:३७

कालिकोटमा उमेर पुगेर विवाह गरे वडाले १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार पुरस्कार दिने निर्णय गरेको हो । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार दिने निर्णय गरेको हो ।

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए।

उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

२०७९ चैत्र ३, शुक्रबार १०:३७
सुर्खेत । वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। अस्थायि प्रहरी बिट लाटिकोईलीबाट गस्तिमा खटिएका प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–९ बाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा लाटिकोईलि बस्ने २६ वर्षीय जीवनबहादुर केसी रहेका छन्। उनलाई प्रहरीले संकास्पद तरिकाले बसिरहेको अवस्थामा देखि शंका लागेर शरिर खानतलासि गर्दा उनको साथबाट लागूऔषध जस्तो देखिने […]