प्रदेश अस्पताललाई हेलिप्याड सहित ५ सय शैय्याको बनाईदै

उज्यालो रैबार   ।   २०८० जेष्ठ ३२, बिहीबार १६:१९

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शैय्या पु¥याइने भएको हो । साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ ।

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा। डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो । १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थप गरिँदैछ ।

अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्टर खड्काले बताए । ‘तला थप भएपछि भीआईपी उपचार कक्ष, डिलक्स, क्याविन कक्षलगायत सुविधाहरू एड हुने उनले बताए ।

अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने निर्देशक खड्काले जानकारी दिए । उनले अप्रेसन कक्ष, ल्याब, एक्सरे, एमआरआई भवन छुट्टै राखिने उल्लेख गरे ।

शिक्षण अस्पताल भएमा विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ । निर्माण व्यवसायीले हाल सेवा प्रवाह गरिरहेको भवन ३ वर्षमा सक्ने सम्झौता थियो । तर २ वर्ष ५ महिनामा निर्माण सम्पन्न गरेको हो ।

सोही निर्माण व्यवसायीले कामको जिम्मेवारी पाएकाले बिरामीहरूलाई कुनै असर नगर्नेगरी निर्माण थाल्ने प्रतिबद्धता गरे । २०८२ मंसिरसम्म तला थप गर्ने अवधि रहे पनि लक्ष्य अगावै काम सक्न आफू प्रतिबद्ध रहेको ठेकेदार कम्पनीले बताएको छ । अब केही दिनमा भौतिक कामहरू शुभारम्भ गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवसीय विद्यालय

२०८० जेष्ठ ३२, बिहीबार १६:१९
कर्णाली प्रदेश सरकारले हिमालाी जिल्लाका बालबालिका तथा विद्यार्थीहरुको शिक्षाका लागि सुर्खेतमा आवासीय विद्यालय बनाएर पढाउने भएको छ। शुक्रबार अर्थमन्त्री बेदराज सिंहले बजेट भाषण गर्दै हिमाली जिल्लाका विद्यार्थीलाई सुर्खेतमा आवासीय विद्यालय बनाउने बताएका हुन्। हिमाली जिल्लामा चिासो कारण ६ महिना विद्यालय सञ्चालन हुने र ६ महिना विद्यालय बन्द हुने स्थानका विद्यार्थीहरुलाई […]

सम्बन्धित समाचार