एसईईको नतिजामा २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

उज्यालो रैबार   ।   २०८० असार २१, बिहीबार १६:१६

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३।६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २।९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

त्यस्तै ३।२ देखि ३।६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २।८ देखि ३।२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २।४ देखि २। ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ ।

सबैभन्दा धेरै २ देखि २।४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

एसईईमा १।६ देखि २।० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७, १।२० देखि १।६० जीपीए ल्याउने ३८ हजार ७७० र ०।८० देखि १।२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त

२०८० असार २१, बिहीबार १६:१६
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा २० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए ।