प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

उज्यालो रैबार   ।   २०८० असार २७, बुधबार ०९:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।


स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । साभार : अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

२०८० असार २७, बुधबार ०९:१८
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ ।श्रद्धाञ्जलीका लागि नेकपा९माओवादी केन्द्र० को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव […]