सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा

उज्यालो रैबार   ।   २०८० असार २७, बुधबार १६:३८

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ ।श्रद्धाञ्जलीका लागि नेकपा९माओवादी केन्द्र० को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

पेरिसडाँडामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, पेशाकर्मी, व्यवसायी तथा शुभेच्छुकलगायतले दिवङ्गत दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

आर्यघाटमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । दाहाल माओवादी केन्द्रको सल्लाहकारसमेत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतबार मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

२०८० असार २७, बुधबार १६:३८
२७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ । ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।   तर नेपाल र बंगलादेश फरक परिस्थितीबाट यो खेल खेल्दैछन् । […]