९ किलो सुन बोकेर आएका क्यानडेली नागरिक त्रिभुवन विमानस्थलबाटै पक्राउ

उज्यालो रैबार   ।   २०७९ माघ १९, बिहीबार १२:३१

काठमाडौँ । एक जना क्यानडाका नागरिक सुनसहित पक्राउ परेका छन् । ९ किलोभन्दा बढी सुन बोकेर नेपाल आएका क्यानडेली नागरिक मोहमद कमल मोहगोब त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।

मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उनी दुबईबाट सुन लिएर काठमाडौँ आएको जनाइएको छ । उनको साथबाट ९ किलो १३५ ग्राम सुन बरामद गरिएको छ, जुन अवैध रहेको भन्सार कार्यालयले जनाएको छ ।

उक्त सुन काठमाडौँ हुँदै भारत लैजान लागिएको आशंका गरिएको छ । मोहगोबले चेस्ट गार्डजस्तो ब्याग भिरेर त्यसभित्र ८ वटा बिस्कुटजस्ता पोका बनाइ सुन प्याक गरेर छिपाएर ल्याइएका थिए । उक्त वस्तु शंकास्पद लागेर जाँच गर्दा सुन भएको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

बरामद गरिएको सुनको मूल्य करिब रू ८ करोड २० लाख हुन्छ । पक्राउपछि प्रारम्भिक बयानका क्रममा उनले नेपालमा सुन ल्याउनु गैरकानुनी रहेको कुरा आफूलाई थाहा नभएको बताएका छन् । उनीसँग क्यानडेली राहदानी भए पनि उनको जन्म दुबईमा नै भएको बताइएको छ । हाल उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेको न्यायका लागी आत्मदाहकाे प्रयास

२०७९ माघ १९, बिहीबार १२:३१
जुम्ला – जुम्ला जिल्ला प्रशासन कार्यालयअगाडि ुरवि लामिछानेले न्याय पाउनुपर्छु भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका छन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेका हुन। ४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्महत्याको प्रयास जुम्ला प्रहरीले जनाएको छ। कोलपुर नगरपालिका ११ घर […]