बाँधिएका गोरु काट्नेलाई एक वर्ष ९ महिना जेल सजाय फैसला

उज्यालो रैबार   ।   २०७७ आश्विन १९, सोमबार १६:२०

सुर्खेत । बारीमा बाँधिएका गोरु काट्नेलाई दैलेख जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ । अदातलका न्यायाधीस दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनकाअनुसार विष्टबाट ४० हजार क्षतीपूर्ती भराउन पनि अदालतले फैसला गरेको छ ।

गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका थिए । एक गोरुको काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिए अदालतले न्याय दिएको छ,’ थापाले भने, ‘गोरु काट्नेबाटै अदालतले क्षतीपूर्ती वापतको रकम भराएपछि थप राहत पुगेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरका १७ हजार परिवारले मोबाइलमै विपद् पूर्व सूचना पाउने

२०७७ आश्विन १९, सोमबार १६:२०
सुर्खेत । बाढी, पहिरो र वर्षातको सम्भावित जोखिमबाट बच्न वीरेन्द्रनगर नगरपालिकाले पुर्व सुचना दिने भएको छ । वीरेन्द्रनगरमा विपद्बाट सम्भावित क्षेत्रका १७ हजार ९४२ घरपरिवार विपद्को जोखिममा रहेको नगरपालिकाका विपद् शाखा फोकल पर्शन प्रकाश पौडेलले जानकारी दिए । ‘विपद्लाई पुर्वानुमान गर्न सकिदैन तर पनि त्यसको जोखिमका आधारमा त्यसबाट प्रभावित हुन […]