सरकारले उत्तरतर्फकाे सिमाना सुरक्षा गर्न सकेन : सरिता गिरी

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार १४:२५

काठमाडौँ। तराई मधेश बृहत् लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले सरकारले चिन सँँगको सिमाना सुरक्षा गर्न नसकेको आरोप लगाउनु भएको छ ।

शनिबार प्रेस विज्ञप्ति निकाल्दै उहाँले सगरमाथामाथि पनि चीनले अधिपत्य जमाईरहेको भन्दै उहाँले सरकार यस विषयमा मौन रहेको आरोप लगाउनु भएको छ ।

हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको भन्दै उहाँले सरकारले उत्तरी सीमानाको सुरक्षा गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल-चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसँगको मित्रता र शान्ति सहमतिअनुसार भारत सरकारको सहयोग लिई पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलत्कारीलाई कडाभन्दा कडा सजायको माग राख्दै शान्तिपूर्ण प्रदर्शन

२०७७ आश्विन २४, शनिबार १४:२५
सुर्खेत । पछिल्लो समय एकपछि अर्को गर्दै देशभर बढ्दै गएका बलत्कारका घटना विरुद्ध सुर्खेतका किशोरी सडकमा उर्लिएका छन् । बलत्कारीलाई कडाभन्दा कडा सजायको माग गर्दै सुर्खेतका किशोरीहरुले पहिलो चरणमा शनिबार शान्तीपूर्ण प्रदर्शन  गरेका हुन् । हिजो निर्मला, आज सम्झना, भोली हजुरको कोही….? भन्दै समाजमा हुने बलत्कारजस्तो जगन्य अपराधिक घटनाका कारण […]