बलत्कारीलाई कडाभन्दा कडा सजायको माग राख्दै शान्तिपूर्ण प्रदर्शन

उज्यालो रैबार   ।   २०७७ आश्विन २४, शनिबार १५:०२

सुर्खेत । पछिल्लो समय एकपछि अर्को गर्दै देशभर बढ्दै गएका बलत्कारका घटना विरुद्ध सुर्खेतका किशोरी सडकमा उर्लिएका छन् । बलत्कारीलाई कडाभन्दा कडा सजायको माग गर्दै सुर्खेतका किशोरीहरुले पहिलो चरणमा शनिबार शान्तीपूर्ण प्रदर्शन  गरेका हुन् ।

हिजो निर्मला, आज सम्झना, भोली हजुरको कोही….? भन्दै समाजमा हुने बलत्कारजस्तो जगन्य अपराधिक घटनाका कारण अबोध किशोरीहरुले अकालमा ज्यान गुमाउन परेकोप्रति किशोरीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पैंसा र पावरको आडमा बलत्कार जस्ता अपराधिक घटनामा पीडितले न्याय नपाउने र पीडक उम्काउने प्रयास हुदै आएको किशोरीहरुको दावी छ । ‘बलत्कारी विरुद्ध हामीले सुरुवातमा शान्तीपूर्ण तरिकाले विरोध गरेका हौं । पछि सम्बन्धित निकाय पुगेर ज्ञापन पत्र पनि बुझाउँछौ’ किशोरी दिपा आचार्यले भनिन्, ‘बलत्कारी विरुद्ध भएका नियम कानुन पनि कडाइका साथ लागु गरिदैनन् । समाजमा घटना बढ्दैछन् । सरकार कानमा तेल हालेर सुत्छ । आज अर्कालाई विगार्नेहरु भोली आफैलाई बिगार्न आउँछन् भन्ने हेक्का राखौ । किशोरीलाई बलत्कार होइन रक्षा गरौं ।’

साथै किशोरीहरुले सामाजिक सञ्जालमा पनि विरोध जनाउँदै आएका छन् । किशोरीहरुको समुह एस डब्ल्यू आर आरको आयोजनामा भएको शान्तीपूर्ण विरोध कार्यक्रममा सुर्खेतका किशोर तथा यूवाहरु पनि सहभागी थिए ।

मोटेग्यांक नेपाल र परिवर्तन समुह लाटीकोलीको समन्वय तथा एल एन डी सर्जिकल, जीवन विज्ञान, कैची ग्यांक, बीएफ डीएम, नेपाली रैबार डटकम, आर्युस क्रेसन, लियो क्लब अफ सुर्खेत भैरबस्थान र तनाब छ जिन्दगीको सपोर्टमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार थपिए कर्णालीमा ११६ जना कोरोना संक्रमित

२०७७ आश्विन २४, शनिबार १५:०२
सुर्खेत। कर्णाली प्रदेशमा हालसम्मकै उच्च एकसय १६ जनामा कोरोना पुष्टि भएको छ । विगतमा एकसय १४ जनासम्म कोरोना पुष्टि भएपनि पछिल्लो २४ घण्टामा संक्रमितको संख्या उच्च रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ३२, दैलेखमा चार, चौरजहारीमा तीन […]