१४ वर्षपछि भएको स्ववियु निर्वाचनमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

उज्यालो रैबार   ।   २०७९ चैत्र ५, आईतवार १०:५७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० नेतृत्वका लागि मतदान जारी छ ।

आज (आईतवार) बिहान ८ बजेबाट नै काठमाडौं उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हो । स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान हुँदैछ ।

काठमाडौंको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान शुरु भएको छ ।

बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।

प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन वि।सं। २०६५ सालदेखि नियमित हुन सकेको थिएन । यसपटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरुमा मतदान नै शुरु भइसकेको हो ।

विद्यार्थीहरु स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामबद्ध भएको देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिविका १३ क्याम्पसमा स्ववियु चुनाव स्थगित

२०७९ चैत्र ५, आईतवार १०:५७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश क्याम्पसहरुमा आज स्ववियु निर्वाचन भइरहेको छ । तर आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा भने आज स्ववियु निर्वाचन हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको समितिका सदस्य […]