आफ्नै नातीको कुटपिट गरी हत्या गरेको अभियोगमा हजुरबुवा पक्राउ

उज्यालो रैबार   ।   २०८० असार २९, शुक्रबार १३:१०

बैतडी –आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका(६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट गर्दा गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई बिहीबार पक्राउ गरेको हो।

हेरचाह गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा ६५ प्रतिशत रोपाइँ सम्पन्न

२०८० असार २९, शुक्रबार १३:१०
सुर्खेत। कर्णाली प्रदेशमा असारसम्ममा ६५ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । हालसम्म कुल ३१ हजार दुईसय ८६ हेक्टर जमिनमा धान रोपाइँ सकिएको हो । कर्णालीमा कुल ४८ हजार एक सय ३३ हेक्टर बढी जग्गामा धान रोपाइँ हुन्छ । असार १५ गतेसम्ममा कर्णालीमा ३९ दशमलव २५ प्रतिशत धान रोपाइँ भएको थियो […]