हवाई भाडा घट्यो, सुर्खेत-काठमाडौँको ४८५ रुपैयाँ कम

उज्यालो रैबार   ।   २०८० असार २०, बुधबार २०:४९

सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपियाँसम्मले घटेको हवाई भाडा दर बुधबारदेखि लागु हुने छ ।

नयाँ हवाई भाडा दर अनुसार सबैभन्दाबढी विराटनगर–नेपालगन्ज सेक्टरको हवाई भाडा ७५० रुपैयाँले घटेको छ । यो सँगै यस तर्फको रुटमा सात हजार ३०५ रुपियाँ भाडा दर कायम भएको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा कम काठमाडौँ–सिमराको हवाई भाडा १२५ रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै यसअघि दुई हजार ३८० रुपैयाँ रहेको काठमाडौँ–पोखराको नयाँ भाडा दुई हजार १५५ रुपैयाँ तोकिएको छ । प्राधिकरणका अनुसार काठमाडौँबाट माउन्टेन फ्लाइट ४८५ रुपियाँले घटेर चार हजार ६६५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै काठमाडौँबाट विराटनगरको ३३५,जनकपुरको १८०, भरतपुर १५०, पोखराको २२५, भैरहवा २८५, नेपालगन्ज ४५५, तुम्लिङटार २६०, सुर्खेतको ४८५, भद्रपुरको ४२० र राजविराजको हवाई भाडा २८५ रुपैयाँले घटेको छ । त्यस्तै पोखराबाट भरतपुरको हवाई भाडा १५५, भैरहवाको १८०, सिमराको ३१०, नेपालगञ्जको ३३०, विराटनगरको पाँच सय, जनकपुरको ३६५, भद्रपुरको ५७०, धनगढीको ४७५ र माउन्टेन फ्लाइटको ४४० रुपैयाँ कम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको स्पष्टीकरण होइन राजीनामा चाहियो : ओली

२०८० असार २०, बुधबार २०:४९
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन् । राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो । प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय […]

सम्बन्धित समाचार