बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालन

उज्यालोरैबार   ।   २०७७ माघ १५, बिहीबार १९:५०

सुर्खेत,१५ माघ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका—६ बाबियाचौरमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएको छ ।

कर्णाली प्रदेशको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि तीन करोड रुपैयाँको लागतमा होटेल डेभिड प्रालि बिहीबरबाट सञ्चालनमा ल्याइएको होटेलका निर्देशक जीवन ढुंगानाले जानकारी दिए ।

यसअघि सरकारी तथा गैरसरकारी संघ संस्थाले सञ्चालन गर्ने विभिन्न खालका कार्यक्रमहरु गर्नका लागि उपयुक्त व्यवस्थापनसहितको होटेल नहुँदा समस्या पर्ने गरेको थियो । जसका कारण प्रदेश राजधानी वीरेन्द्रनगर केन्द्रीत हुनुपर्ने कि त पश्चिममा कार्यक्रम गरेर वीरेन्द्रनगर फर्कनुपर्ने बाध्यता थियो ।

पश्चिम क्षेत्रको पर्यटनलाई होटेल व्यवसायको माध्यमबाट विकाससहितको समृद्धि र पहिचान गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन थालिएको निर्देशक ढुंगानाले बताए ।

होटेलमा स्वच्छ र उच्च स्तरीय रेष्टुरेन्ट, तीन सय ५० जना अठाउने एसीयुक्त सेमिनार हल, सम्पुर्ण रुममा एटेज बाथरुम, एसी सहितको सुविधायुक्त कोठा, स्विट रुम, पाहुनालाई आवत जावतका लागि गाडीको व्यवस्था र बारसहितका सेवा होटेलले दिने ढुंगानाको भनाई छ ।
पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र बहादुर थापा लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको सहभागितामा होटेलको उद्घाटन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यराती वीरेन्द्रनगरका चार पसलमा चोरी, व्यापारी त्रसित (भिडियाे रिपाेर्ट)

२०७७ माघ १५, बिहीबार १९:५०
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा चोरीका घटनाहरु एकपछि अर्को गर्दै बढ्दै गएका छन् । राजधानीको बजार नै असुरक्षित बनेपछि अन्य क्षेत्रका नागरिकहरुले कसरी सुरक्षाको अनुभूति गरिरहेका छन् भन्ने ज्वलन्त उदाहरण गएराती भएका चोरीका घटनालाई नियाले पुग्छ । वीरेन्द्रनगरका गल्ली गल्लीमा एकपछि अर्को गर्दै चोरीका घटना बढ्दै जानथालेपछि व्यापारी […]