नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसको अवसरमा पत्रकारहरुको निःशुल्क आँखा जाँच

उज्यालो रैबार   ।   २०७९ चैत्र १३, सोमबार १९:२१

सुर्खेत । नेपाल नेत्रज्योति संघले आफ्नो ४५औँ स्थापना दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर काम गर्ने ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति संघको सहकार्य, एकीकृत आँखा तथा कान कार्यक्रमको व्यवस्थापना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा आँखाको जाँच गरिएको हो।


नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका साथै यहि १६ गते पत्रकार महासंघको ६८ औँ स्थापना दिवस भएको अवसर पारी नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघले देशका मुख्य सहर र प्रदेश राजधानीका पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले बताए ।

उद्घाटन सत्रमा बोल्दै शर्माले पत्रकारहरुको दृष्टि स्वास्थ्यमा देखिने समस्यालाई समाधान गर्नका लागि कार्यक्रमको आयोजना भएको बताउनुका साथै पत्रकार हरु बढी समय इलेक्ट्रोनिक सामाग्रीको नजिक रहेर काम गर्नु पर्ने भएकाले समय–समयमा आँखा जाँच गराउनु पर्नेमा समेत जोड दिए।

यस्तै, एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले अन्धोपनलाई हटाउँन कर्णालीमा आँखा उपचारका लागि छुट्टै रणनीति बनाएर काम गरि रहेको बताए। उनले भने, ‘विधुतिय सामाग्रीहरुमा बढी बस्नु पर्दा पत्रकारहरुका आँखामा विभिन्न समस्या देखा पर्ने हुन्छ। ती समस्यालाई समाधान गर्नका लागि स्थापना दिवसको अवसर पारेर निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो।’

यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले आँखा स्वास्थ्यका लागि निकै महत्वपूणर् कार्यक्रम रहेकाले सेवा लिन आग्रह गरे। सञ्चार क्षेत्र राज्यको चौथों अंग मात्रै नभई तेस्रो आँखा भएकै कारण पत्रकारका दृष्टि र सोचाई स्वस्थ हुनुपर्ने बताए। साथै शिविरमा पत्रकारहरुको आँखा जाच सँगै आवश्यक औषधी र चस्मा समेत निःशुल्क वितरण गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहिवार कर्णाली प्रदेशभर सार्वजनिक बिदा

२०७९ चैत्र १३, सोमबार १९:२१
सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीका अवसरमा कर्णाली प्रदेशका दश ओटै जिल्लामा चैत १६ गते सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेद्धारा जारी विज्ञप्तीमा २०७८ चैत २९ गते बसेको वैठकले गरेको निर्णय बमोजिम प्रदेश भर विदा हुने भएको हो ।