सुर्खेत–२ मा मतगणना सुरु

उज्यालो रैबार   ।   २०७९ मंसिर ५, सोमबार १२:५९

सुर्खेत । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ को  मतगणना सुरु भएको छ। दुइ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेकोमा ६२ दशमलव १० प्रतिशत मत अर्थात ७६ हजार एक ८३ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। 
जसमा प्रेदशसभा (क) मा ४४ हजार पाँच सय र (ख) मा ३१ हजार ६ सय ८३ मत खसेको हो। सुर्खेत २ मा गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि कांग्रेसका हृदयराम थानी र नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसी उम्मेदवार बनेका छन् भने प्रदेशसभा (क) मा गठवन्धनबाटै कांगेसका कालिप्रसाद शाक्य र एमालेका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज यामलाल कँडेल उम्मेदवार बनेका छन्।
यस्तै प्रदेश (ख) मा गठवन्धनका तर्फबाट माओवादीका विन्दमान विष्ट, नेकपा एमालेका ताराकेशर गौतम र नेकपा एकिकृत समाजवादीका मोहनसिंह बडुवाल उम्मेदवार बनेका छन्। सुर्खेतका २ सय ९३ मतदान केन्द्रहरुमध्ये सिम्ता गाउँपालिका वडा नम्बर ६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ । सुर्खेत जिल्ला भर ६३ दशमलव ८४ प्रतिशत मत खसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

२०७९ मंसिर ५, सोमबार १२:५९
जुम्ला: प्रतिनिधिसभातर्फ जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन्। ११०० मतगणना गर्दा शाहीले ७१६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी गाेमा कुँवरले २३८ मत पाएकी छन्। त्यस्तै नेकपा एमालेका रतननाथ याेगीले ५६ मत पाएका छन् ।य