रवि लामिछानेको सांसद पद खारेज

उज्यालो रैबार   ।   २०७९ माघ १३, शुक्रबार १७:५६

काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुनस्प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसद हुन अयोग्य रहेको फैसला गरेको हो। यो फैसलासँगै लामिछानेको सांसद पद खारेज भएको छ।

सर्वोच्च अदालतको यो फैसलासँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । साथै, लामिछानेले यसअघि नै अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेकाले तत्काल जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा गएर नेपाली नागरिकताको प्रमाणपत्र लिने बाटो कायम छ ।

युवराज सफल र अधिवक्ता रविराज बसौला लगायतले दायर गरेको छुट्टाुछट्टै रिट निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले लामिछानेको नागरिकता विवादको निर्णय सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशलाई स्वस्थ नागरिक प्रदेश बनाउने मन्त्री पछाई

२०७९ माघ १३, शुक्रबार १७:५६
सुर्खेत – कर्णाली प्रदेशका सामाजीक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेश श्रोत र साधनको धनी प्रदेश भएतापनि त्यसको उपभोग गर्न नसक्दा गरीवी र दुर्गम प्रदेशको रुपमा चिनीएको बताएका छन् । शनिबार वीरेन्द्रनगर सुर्खेतमा आयोजीत रेडियोलोजीकल सोसाइटी प्रथम अधिबेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री पछाईले यो बताएका हुन । अन्य प्रदेशको तुलनामा […]