स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट खत्री सम्मानित

उज्यालो रैबार   ।   २०८० बैशाख १६, शनिबार २२:१८

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट स्वास्थ पत्रकारितामा भिडियो सम्पादन तर्फको अवार्ड सुमन खत्रीले पाएका छन् । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि ले आफ्नो आठौँ बार्षिकोत्सवको अवसरमा खत्रीले सम्पादन मार्फत समाजमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै अवार्ड सहित सम्मानित गरेको हो । खत्रीले विगत ५ वर्ष देखि स्वास्थ्य दपर्ण कार्यक्रमको श्रब्य / दृश्य सम्पादन गदै आएका छन् ।

साथै कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न क्षेत्रका सातै प्रदेशबाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित २२ जना सम्मानित समेत गरेको छ ।  उत्त सम्मान पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको हात वाट दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

२०८० बैशाख १६, शनिबार २२:१८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा भाग नलिने पनि निर्णय गरेको छ । पत्रकार […]