दस वर्षयताकै लामो दिन आज

उज्यालो रैबार   ।   २०८० असार २१, बिहीबार १०:५७

काठमाडौँ, । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ

समितिका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने विज्ञप्तिमा उल्लेख गरे । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

उनले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जान्छ भने । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ,” समितिका कार्यकारी निर्देशक डा। शर्माले भने, “पृथ्वी आफ्नो अक्षमा २३।५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ ।

असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३।५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

२०८० असार २१, बिहीबार १०:५७
सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३, स्थित चोरखोला नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु […]