इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

उज्यालो रैबार   ।   २०८० असार २२, शुक्रबार ०८:३१

इलाम- इलामको माइजोगमाई गाउँपालिका–२, जोगमाईको टारसिङ गाउँमा पतिले पत्नीको हत्या गरी आत्महत्या गरेका छन्। गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब साढे १० बजेतिर राधिका घरमा एक्लै रहेको अवस्थामा चिच्याएको आवाज सुनेपछि छिमेकीको घरमा रहेकी उनकै छोरी रचना दगुर्दै आफ्नो घर पुगेकी थिइन्। घरमा ढोकाको बाहिरपट्टि चुकुल लगाएको पाएपछि खोलेर भित्र पस्दा आफ्नी आमा रगताम्य भएर लडिरहेको देखेपछि उनले छिमेकीलाई गुहारेकी थिइन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार घटनाको खबर पाएपछि गोर्खे र जौबारीबाट पुगेको प्रहरी टोलीले राधिकाको बायाँ गालामा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको हो। ‘पीताम्बरले नै उनको हत्या गरेको हुनसक्ने थाहा पाएपछि अनुसन्धानक्रममा खोजी गर्दा घरबाट करिब सय मिटरमा रहेको निबारोको रुखमा पीताम्बरले पनि पासो लगाएर आत्महत्या गरेको भेटिएको छ,’ एसपी घिमिरेले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’ खतिवडाको परिवारमा प्रायः अंशबन्डाको विषयमा वादविवाद हुनेगरेको स्थानीयले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडिलाई चेक जाँच गर्दा अबैध सामान फेला पारेर बरामद बबईमा

२०८० असार २२, शुक्रबार ०८:३१
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बबईबाट अबैध सामान बरामद गरिएको छ । सोमबार नेपालगंजबाट सुर्खेत आउदै गरेको सु।प्र। ११८१ नम्बरको बोलेरो गाडिलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको चिनि २ क्विन्टल, सुपर पावर सुर्ति ९० पोका, प्लाष्टिक बाटा १०५ पिस बरामद गरिएको हो । अस्थायि प्रहरी पोष्ट बबई […]