संविधान दिवसका अवसरमा ६७० जना कैदीकाे सजाय मिनाह

उज्यालो रैबार   ।   २०८० आश्विन २, मंगलवार २०:३२

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरिएकाे जनाइएकाे छ।


‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १ क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६-WO-०९३९ र रिट नम्बर ०७९-WH – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूचीबमोजिमका उल्लिखित भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम २०८०/०६/०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा सामाजिक बिकास मन्त्रीको अनुगम (तस्बिर)

२०८० आश्विन २, मंगलवार २०:३२
कालिकोट : कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री खड्क बहादुर पोखरेलले कालिकोट जिल्ला अस्पताल, आयुर्वेद अस्पताल र सरुवा रोग अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा मन्त्रीले “कालिकोटका नागरिकले सामान्य उपचारको लागि सहर जानू पर्ने बाध्यता हटाउनु पर्ने आजको मुख्य आवस्यकता रहेको छ।  त्यसलाई मन्त्रालयले गर्न पर्ने सहयोग गर्न तयार […]