कर्णालीका थप ३२ जनामा कोरोना पुष्टि

उज्यालोरैबार   ।   २०७७ कार्तिक ३, सोमबार १९:३७

सुर्खेत, ३ कार्तिक । सोमबार कर्णाली प्रदेशका थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रतिष्ठान जुम्लामा १९, प्रदेश अस्पताल, पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सात, दैलेखमा पाँच र कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमध्य जिल्लागत आधारमा कालिकोटका आठ, जुम्लाका सात, दैलेखका ६, जाजरकोटका चार, सुर्खेतका एक र अन्य प्रदेशका चार जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या पाँच हजार एकसय ७० पुगेको छ ।

सोमबार नै कोरोना संक्रमण जितेर ५२ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार आठ सय ८४ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजसेवी मानन्धरद्वारा साझा घरलाई सहयोग

२०७७ कार्तिक ३, सोमबार १९:३७
सुर्खेत, ५ कार्तिक । समाजसेवी किरण मानन्धरले साझा घर नेपाललाई सहयोग गरेका छन् । काठमाण्डौं स्थाई घर भएका मानन्धर लण्डनमा व्यवसाय गर्दै आएका छन् । बेसाहारा नागरिकलाई सेवा गर्दै आइरहेको वीरेन्द्रनगर –९ स्थित साझा घर नेपाललाई मानन्धरले दुई लाख नगद सहयोग गरेका हुन् । घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको […]