राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार गर्ने तीन जना पक्राउ

उज्यालो रैबार   ।   २०७८ जेष्ठ २३, आईतवार ०८:३७

जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेका छन् ।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी पछिल्लो पटक दुव्र्यवहार बढ्दै गएको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन् ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लावासी मार्सी रोपाइँमा व्यस्त

२०७८ जेष्ठ २३, आईतवार ०८:३७
जुम्ला । कोरोना माहामारीको दोस्रो लहर चलिरहेको बेला देशभर निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले अन्य जिल्ला प्रभावित बनेपनि जुम्लामा खेतीको सिजन सुरुहुदाँ त्यहाँका नागरिक धान रोपाइँमै व्यस्त छन् । जुम्लाका सात गाउँपालिका र एक नगरपालिका गरी आठ स्थानीय तहमा जेठ पहिलो हप्ताबाट त्यहँका खेतबारीमा रोपाइँका लागि महिलाहरुको बाक्लो जमघट […]