अन्तर्राष्ट्रिय स्तरको नेपोभिट टायल स्वदेशमै उत्पादन

उज्यालो रैबार   ।   २०७९ बैशाख १३, मंगलवार ०८:५९

नेपाल सेरामिक्स इण्डष्ट्रिज प्रालिले स्वदेशमै उत्पादन गरेको नेपोभिट टायल बजारमा ल्याएको छ। प्रालिले अन्तर्राष्ट्रियस्तरको टायल उत्पादन गरी अहिले बजारमा ल्याएको हो।

कम्पनीका अध्यक्ष शम्भुनाथ झा, कम्पनीका प्रबन्ध निर्देशक मनोजप्रसाद रौनियार, निर्देशक विभा झा र महानायक राजेश हमालले एक औपचारिक कार्यक्रमका बीच नेपोभिट टायलको शुभारम्भ गरेका थिए। नेपाल सेरामिक्स इण्डष्ट्रिज प्रालिका अध्यक्ष शम्भुनाथ झाले नेपाली कच्चा पदार्थको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेर बजारमा ल्याएको जानकारी दिए। नेपालमा विभिन्न मुलुकमा उत्पादन भएका टायल भित्रिदै आइरहेका छन्’, उनले भने– ‘नेपालमै उद्योग स्थापना गरेर खोलिएको टायल उद्योग पहिलो हो।’

यो टायल उद्योग जीतपुरमा रहेको छ। कम्पनीका अध्यक्ष झाले कम्पनीले सेरामिक्स निर्माण सामग्री उत्पादन गरेर मुलुकलाई आत्मनिर्भर गराउनेतर्फ अग्रसर हुँदै आइरहेको बताए। ‘विदेशी टायलको आयात गर्दा मुलुकबाट वर्षेनी अर्बौं रूपैयाँ विदेशिँदै आइरहेको छ’, उनले भने– ‘हामीले गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन गरेकाले पनि नेपाली जनताले अवश्य मन पराउनुहुनेछ भन्ने आशा राखेका छौं।’ कम्पनीका प्रबन्ध निर्देशक रौनियारले कम्पनीले डाँफे, गुराँस फेवा लगायतको नामबाट टायल बजारमा पठाउँदै आइरहेको बताए। प्रबन्ध निर्देशक झाले टायलको लागि आवश्यक पर्ने माटो, बालुवा, ढुंगा लगायतका कच्चापदार्थ पनि स्वदेशी नै प्रयोग गर्दै आइरहेको बताए। कम्पनीले दैनिक २० हजारदेखि ३० हजार वर्गफिट टायल उत्पादन गर्ने क्षमता राख्दछ।

कम्पनीका निर्देशक विभा झाले गुणस्तरीय र भरपर्दो टायल उत्पादन भएकाले ढुक्क भएर प्रयोग गर्न ग्राहकवर्गलाई अनुरोध गरेकी छन्। नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल यो कम्पनीका सद्भावना दूत रहेका छन्। कम्पनीका सद्भावना दूत हमालले नेपाली कच्चा सामग्री प्रयोग गरेर गुणस्तरीय र भरपर्दो टायल उद्योग बनेकाले पनि सबैले उपभोग गर्न अनुरोध गरे। नेपालमा ३ हजार करोड रूपैयाँ बराबरको टायल बजार रहेको छ। अहिलेसम्म नेपालमा अधिकांश इटालियन कम्पनी र छिमेकी मुलुक भारतबाट टायल आयात हुँदै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावी मैदानमा १ लाख ३७ हजार बढी उम्मेदवार

२०७९ बैशाख १३, मंगलवार ०८:५९
काठमाडौँ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको छ । देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या १ लाख ३७ हजार नाघेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ लाख ३४ हजार ४३ जनाको […]