श्रीमतिले श्रीमानको हत्या गरेर शव शौचालयमा खाडलमा पुरिन्

उज्यालो रैबार   ।   २०७९ माघ १८, बुधबार १३:४५

सुर्खेत । जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेर शौचालयको खाडलमा पुरेको घटना पाँच वर्षपछि खुलेको छ। श्रीमतीले हत्यापछि शौचालयको खाडलमा गाडेको शव अहिले फेला परेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटले पाँच वर्षपछि शव फेला पारेको हो। यही मंगलबार प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी घटनास्थलमा पुगेपछि भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीको शवको अवशेष खाडलबाट निकालिएको हो। उनकै श्रीमतीले लाठ्ठीले निधारमा हानेर हत्या शवलाई शौचालयको खाडलमा पुरेकी थिइन्। काले कामीकी श्रीमती भद्रकलाले २०७४ साल पुस ३० गते रातस घरमै हत्या गरी शव शौचालयमा गाडेकी थिइन्।उनीसँगै छोरा गोविन्द विक र तुल्सीरामले बुवाको शवलाई घरनजिकैको शैचालयको खाडलमा पुरेको खुलासा प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गरेको थियो।त्यहाँबाट काले कामीको दाँतसहितको खप्पर (टाउको) प्लाष्टिकको डोरीले बाँधीएको ज्याकेट, पाइन्ट र तिनै लुगाभित्र मानव कंकाल फेला परेका हुन्।  शव फेला पारेसँगै अनुसन्धानका लागी श्रीमती भद्रकला र छोरा तुल्सीराम विकलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओली र लिङ्देनले भेटे प्रचण्डलाई, रविलाई गृह मन्त्री बनाउन दवाव

२०७९ माघ १८, बुधबार १३:४५
काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले बुधबार विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा लिङ्देनले प्रधानमन्त्रीसामु रवि लामिछानेलाई गृहमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ । लामिछानेलाई गृहमन्त्री बनाए वर्तमान गठबनधन […]