नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्ने

उज्यालो रैबार   ।   २०७९ चैत्र २, बिहीबार ०९:१३

काठमाडौं । युएईले नेपालविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टुको अन्तिम खेलमा युएईले टस जित्दै नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको हो ।

खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टिममा आज एउटा परिवर्तन भएको छ । करण केसीको स्थानमा गुल्सन झालाई राखिएको छ ।

युएईविरुद्ध जित निकाले मात्र नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ । नतिजा युएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत रहँदै नामिबियामा हुने प्लेअफका लागि जानु पर्नेछ ।

नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउने छ । किन कि नामिबियाले शीर्ष तीनको स्थान कब्जा गर्नेछ ।

अन्तिम खेल खेल्नु अघि नेपालको ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ । यदि खेलमा वर्षा बाधक बनेमा वा एक ( एक अंक बाँड्ने अवस्था आए नामिबियानै क्वालिफायर्स खेल्ने भाग्यमानी बन्ने छ । नेपाल जारी सिरिजमा अपराजित छ । तर युएईले नेपाललाई चुनौती दिन सक्नेछ । युएई समान खेलमा ३३ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

युएईले अघिल्लो खेलमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै सिरिजमा कमब्याक गरेको थियो । जारी सिरिजमा यी दुईबीच भेट हुँदा नेपालले एक सय ७७ रनको कीर्तिमानी रन अन्तरको जित हात पारेको थियो ।

लिग टुमा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड र दोस्रो स्थान सुरक्षित गरेको ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा उमेर पुगेर विवाह गरे वडा बाट १० हजार रुपैयाँ पुरस्कार

२०७९ चैत्र २, बिहीबार ०९:१३
कालिकोटमा उमेर पुगेर विवाह गरे वडाले १० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही १० हजार पुरस्कार दिने निर्णय गरेको हो । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई १० हजार दिने […]