नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित

उज्यालो रैबार   ।   २०८० असार १९, मंगलवार २२:००

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि मंगलबार भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्याण्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको थियो।

तर, आयरल्यान्डलले ४९।२ ओभरमा ८ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउन सफल भयो । यससँगै नेपाल २ विकेटले आयरल्याण्डसँग पराजित हुन पुग्यो ।

आयरल्यान्डका लागि कुर्तिस क्याम्फर र ह्यारी टेक्टरले अर्धशतक प्रहार गरे । क्याम्फरले ६२ र टेक्टरले ६० रन बनाए।

नेपालका लागि करण केसीले ४, किशोर महतोले २, गुल्सन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर ज्यान गुमाएकी किशोरीका परीवारलाई एक लाख क्षतिपूर्ति

२०८० असार १९, मंगलवार २२:००
जुम्ला- कनकासुन्दरी गाउँपालीकाले करेन्ट लागेर ज्यान गुमाएकी प्रर्मिला दमाई का अभिभावकलाई नगद रु एक लाख सहयोग गरेको छ । यहि असार ११ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोप्ने क्रममा विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर सुमलगाउँ निवासी १७ वर्षीय प्रर्मिला दमाई मुत्यु भएको थियो […]