करेन्ट लागेर ज्यान गुमाएकी किशोरीका परीवारलाई एक लाख क्षतिपूर्ति

उज्यालो रैबार   ।   २०८० असार २०, बुधबार २०:०७

जुम्ला- कनकासुन्दरी गाउँपालीकाले करेन्ट लागेर ज्यान गुमाएकी प्रर्मिला दमाई का अभिभावकलाई नगद रु एक लाख सहयोग गरेको छ ।

यहि असार ११ गते जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोप्ने क्रममा विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर सुमलगाउँ निवासी १७ वर्षीय प्रर्मिला दमाई मुत्यु भएको थियो भने सोहि घटनामा चार जना घाईते समेत भएका थिए ।

घटना भएको दश दिन भित्रमा पालिकाले परिवारलाई  नगद रकम क्षतिपूर्ति  दिएको  सुचना अधिकारी नेत्र खत्रीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हवाई भाडा घट्यो, सुर्खेत-काठमाडौँको ४८५ रुपैयाँ कम

२०८० असार २०, बुधबार २०:०७
सुर्खेत । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपियाँसम्मले घटेको हवाई भाडा दर बुधबारदेखि लागु हुने छ । नयाँ हवाई भाडा दर अनुसार सबैभन्दाबढी विराटनगर–नेपालगन्ज सेक्टरको हवाई भाडा ७५० […]