गाडिलाई चेक जाँच गर्दा अबैध सामान फेला पारेर बरामद बबईमा

उज्यालो रैबार   ।   २०८० असार २२, शुक्रबार ०९:३८

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बबईबाट अबैध सामान बरामद गरिएको छ । सोमबार नेपालगंजबाट सुर्खेत आउदै गरेको सु।प्र। ११८१ नम्बरको बोलेरो गाडिलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको चिनि २ क्विन्टल, सुपर पावर सुर्ति ९० पोका, प्लाष्टिक बाटा १०५ पिस बरामद गरिएको हो ।

अस्थायि प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले सो सामान बरामद गरेको छ भने, गाडिलाई गन्तब्य तर्फ छाडिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतबारसम्मका लागि स्थगित प्रतिनिधिसभाको बैठक

२०८० असार २२, शुक्रबार ०९:३८
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित भएको छ । गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो । […]