कथा-सेतो कपडाको संघर्ष

प्रमोद प्रसाद न्यौपाने   ।   २०७७ कार्तिक २५, मंगलवार १०:२६

२०५७ साल कार्तिक महिना २७ गते  एका विहानै को कुरा हो । दशै आवगमन संगै गाउँघरमा टाढाटाढा गएका गाउँले दाजुभाई आफनो जन्मथलो फर्केर रमाईलो रमझम संगै आउने गर्दथे । भाग्य ओछ्यानबाट जुरुक उठेर छिमेकी साथि अदानेको घरमा हिड्यो । अदाने घरको पिढिमा मादल देखाई वजाउदै थियो । मादलको ताल निकाली रहेको थियो । अदानेको बाबा भोट (व्यापार ) बाट आउनु भएको रैछ । अनि अदानेलाई मादल ल्याइदिनु भएको रहेछ ।
भाग्यलेः– अदानेलाई मादल हेर्न आउँ ?
अदाने ः– हुन्न, नआइजा म र मेरी बहिनी कुन्तीले बजाउछै ।
भनेको सुनेपछि भाग्य र्नमस भएर अदाने र अदानेकी बहिनी बसेको नजिक विस्तारै विस्तारै सरिरहेको थियो । उतातिर अदानेका दाजु बहिनी मादल ठोकी रहेका थिए भाग्यले हेर्दाहेदै करिव दुई घण्टा जति वित्यो बिहानको करिव नौँ बजेको थियो भाग्यको फुपु नाता पर्ने आँखामा आँसु रसाउदै भाग्यलाई बोलाउदै आउनु भयो ।
फुपु ः– भाग्य यता आइजा घर जाँउ ?
भाग्य ः– मलाइ मादल किनी दिनु हुन्छ ?
भनेर भाग्यले ठुलो आव।जमा सुनायो फुपुले च्याप्प हात समातेर घरमा लग्नु भयो । उता भाग्यको घरमा मान्छेहरुको जमघट थियो दिदि, आमा, फुपु र गाँउले केहि मान्छेहरु रोइकराइ रहेका थिए । भाग्यले सवैजना किन रुनु भएको नरुनुहोस् भन्दै मलाई फुपुले मादल किनि दिनु हुन्छ भन्यो । भाग्यलाइ उता सार्थिसंग भएको मादलको याद मात्र थियो । यता भाग्यको बाबालाइ पापी कालले लगेछ । कलिलो बालक भाग्यलाइ हात समाएर घरमा राखेका थिए उसले आफ्नो आमा दिदिलाइ नरुनु किन रुनु भएको फुपुले मलाइ मादल किनि दिनु हुन्छ । तर भाग्यको भाग्य चुडि सकेको थियो वा उसका दःुखका दिन सुरु भइसकेको थिए । उसले आमाको अगाडि सुताएको को हो भनेर सोध्यो ? यो बोलि सुनेर सबै झन रुन कराउन थाले भाग्यलाइ केहि थाहा थिएन । उसको उमेर सात बर्षको थियो । उसलाइ दुइ मिनेटको छोटो ब्रतबन्ध गरियो । भाग्यको ब्रतबन्ध सकिए लगतै उसको कपालमा छुरा लगाइयो र सेतो कपडा ओड्न लगाइयो । उसलाइ घाँटिमा जनाइ पहिराइयो र भाग्यको बाबाको लाश घरबाट घाटतिर लिने तयारी गरियो । बाबाको लाश अगाडि भाग्य पछाडि हिड्दै हिड्दै घाटमा पुर्याइयो । उसले आफ्नो बाबाको दागबति दिने तयारिमा थियो । सुटुक्क आफ्ना् काकालाई मलाइ भोक लाग्यो भनेर सुनायो त्यो बोलि सुनेर काकाले आँसु तप्प तप्प झार्दै त्यरो भोक, प्यास, तिर्खा र सार्थिको माया भगवानले उडाइ दियो, बाबु । आफ्नो बाबाको दागबर्ति दिएर जलाइ सके पछि सम्पूर्ण गाउँ घरका मान्छे सहित भाग्य घरमा आयो । उसले झट्ट आफुले ओडेको सेतो कपडा र आमाले ओडेको सेतो कपडा एउटै देख्यो आमा किन हामीले सेतो कपडा लगाएका छौँ भने पछि दिदि, आमा रुन लाग्नु भयो फेरी भाग्यले आमालाइ भोक लाग्यो मलाइ रोटी दिनु भनेपछि त्यहाँ भएका सम्पूर्ण गाउँका मान्छेहरुका आँखाबाट आँसु झर्न थाल्यो । तर भाग्य मात्र होइन सम्पूर्ण शोकमा थिए । सबैको भोक र भाग्यको भोगले आजबाट शोकमा चलिरहेको छ । यसरी बिभिन्न काल खण्डहरुमा रहेर दुख सुखमा आमा र दिको साथमा समयको साहरा एकअर्काको बन्दै छ महिना वित्यो ।
२०५८ साल बैशाख ९ गते आईतबारको कुरा भाग्य र दिदि बिहान खाना खाएर घरमा पालेको गाईलाई लिएर झोलामा किताव हाली पिठिउमा बोकेर विहान ८ बजे तिर जंगलमा छोडी दुई दिदि भाई विद्यालय जाने गर्दथ्य घरमा दमकी विरामि आमालाई छोडेर विद्यालय जाने गर्दथ्य त्यहि दिनको करिव २ बजे तिर गाउँको दाजु नाता पर्ने जया दिदि भाई पढ्ने कोठामा आउनु भयो र दिदि भाईलाइ भन्नु भयो तिमीहरु घर जाउँ तिम्रो आमा वित्नु भयो भनेर २ दिदि हसयाङ् हुसुरुम गर्दै घरतिर लागे उता घरमा आमा छोरा र छोरीलाई बोलाउदै वित्नु भएछ । आमाको आँखा भरीएका थिए फेरी दिदि भाईलाई ठुलो दुख पर्यो । भाग्यले आमाको किरिया गर्नु पर्ने भयो नावालक भाग्यको सम्पूर्ण सुखहरु आमा र बाबाको मरणमा दिनु प्रने भयो । अब घरमा दिदि भाईको दुखको खेतिपाति सुरु हुन थाल्यो । गाउँमा साना बच्चाबच्चिले दिदि भाईलाई दुखका गालि दिने गर्दथ्य । सार्थीहरुको समूहमा टोक्कुवा (टुहुरो) हामीसंग नआइजा भन्ने गर्दथ्य । त्यस्तो कराु सुन्दा उसलाई मनमा खिन्नता जाग्दछ । अर्का तिर गाउँमा ठुला भनाउदाहरुले पिडा दिने गरेका कुराले झनै नैरास्यता उत्पन्न हुन्थो ।
उ र दिदिले विहान खेतिपाति साँझ घाँस दाउरा मिलेर गर्न गर्दथ्य विहान दिदि खेतिपाति गर्ने उसले खाना बनाउने काम चलाउने गरेका थिए । खाना खाएर गाईलाइ जंगलमा छोडेर आफू दुई दिदि भाई विद्यालय जाने गर्दथे । भाग्यको दिदि भाईको चिन्ता पढाई भन्दा पनि गाँउघरमा आफू माथि गरेको दुरव्यवहार र साँझ विहान कसरी खाना खाने चिन्ता हुने गर्दथ्यो । एकदिन जंगलमा लगाएको गाई गाँउको नजिक वालीमा पसेर वाली खाएछ । त्यो गाँउको वालीवालाले भाग्य र सिता विद्यालबाट घरतिर आउने बेलामा बाटोमा भेट भयो । वालीवालाले भन्यो तेरो गाईले वालीखाई सखाप पा¥यो भनेर नानाथरी गालि दिइ भाग्यलाइ एक चट्कन दिनु भयो । विद्यालयबाट संगै आएका साथिहरुले कसैले पनि नपिट्नु भनेनन् । पिर माथि पिरको भारी भरीदै दःुख दुखैमा समयलाइ प्रखिदै रोइकराउदै समय वित्दै गयो । गाँउघरको समूह वा भेलाबाट टाढा रहने गर्दथे । अनि डरैडमा समयले पनि धकेलि रहेको थियो । दिदि भाईले कहिले काँहि चार बजे विद्यालयबाट आएर जंगलमा दाउरा ल्याउने गर्दथे त कहिले खेतिपातिमा व्यस्त रहने गर्दथे । दिदि भाईले समाजमा के हुदैछ कसरी चल्दैछ थाहा पाउदैन्थे । उनिहरुको लगनशीलता र मेहनतका साथ अगाडि बढी रहेका थिए । समय संग संगै दिदि भाईले प्रवेशिका परिक्ष दिने तयारियामा लागे । दिदि भाईको उमेर ६÷७ बर्षको फरक भए पनि आफ्नो भाईको साहराको लागि सिता संगै विद्यालयमा बस्ने गर्दथी । सार्थिसंग कुनै बखत झगडा परे पनि आफू लड्ने भिड्ने गर्दथिन । दिदि भाईले प्रबेशिका परिक्ष उतिर्ण गरे । दुई दिदि भाईको मेहनत, लगनशील, आँटको सहि मूल्याङ्कनको राम्रो प्रतिफल पाए ।
अर्कातिर सितालाइ, सिताका साथिहरुले बुढिकन्या भइस् भनेर अपहेलित भाषा प्रयोग हुने गर्दथे भने सिताको पनि विवाह गर्न उमेर भइसकेको थियो । गाँउघरका छिमेकिहरु सिता कहिले विवह गर्छस् हाम्रा तेरो उमेरका छोराछोरीले बच्चा जन्माइ सके भनेर सुनाउथे । सिता आफ्नो भन्दा पनि पहिले भाइको विवाह गरायर मात्र आफू विवाह गर्न सोचमा थिइन । एक दिन भाग्य र सिताले भालाकुसाली गरे भाई तेरो विवाह गरैँ कि मेरो भन्ने कुरामा छलफल चल्यो । सिताले भाईको विवाह गर्दिने निर्णय गरिन । नजिकको गाँउमा बाबा आमाले प्राचिन संस्कृति अनुसार मगनि गरेको रहिछ । त्यो घरमा सिता पुगिन र विवाह गरिदिने प्रस्ताब राखिन । सिताले भाईको विवाह मन्दिरमा परम्परा अनुसार सानो तिनो गरिदिने सोच बनाइन । उनको त्यो सोच र निर्णले केहि समय भित्र सार्थकता पायो । त्यसपछि विडम्वनामा तट्पियको त्यो परिवारमा एउटा नयाँ सदस्यको आगमन संगै केहि खुशियाली छायो । केहि समयको अन्तराल पछि दिनले रात पछ्या जस्तै रातले पनि दिन । त्यहि शिलशीलाको क्रममा भाग्यलाई जुरेको शैभाग्य सितालाई पनि जु¥यो । दिदि भाईको बैवाहिक जीवन सम्पन्नसंगै अगाडी बढी रहयो । त्यसपछि भाग्यले उच्च शिक्षा अध्ययनको लागि नजिकको विद्यालयमा कक्षा ११ मा भर्ना गयो । अध्ययन संगै जीवन निर्वाहको लागि विहान बेलुका छरछिमेका नानिबाबुलाई पढाउने गर्दथ्यो । दिउसो तिर बचेके केहि समय निजी विद्यालयमा अध्यापन गराइ रहेको थियो । भाग्य बिकट वा हिमाली क्षेत्रको भएकाले पनि होला जाडो समयमा विद्यालय बन्दको बेला साथि, नातेदारहरु संग नेपाल लगायत छिमेकी देशका विभिन्न सहरमा व्यापार गरी केही आर्थिक जोहो गरिरहन्थो । यसरी समयको महत्व र मेहनतका पन्जा फिजाउदै समाजको लागि एक उदाहरणीय व्यक्तित्व स्थापित हुनु पर्छ भन्ने सोचका साथ अगाडि बढीरहेको थियो । उसको कठोर मेहनत, लगनशीलता, दृढ इच्छाशक्ति र धैयताले गर्दा केहि समय पछि उसको त्यो सोचले सार्थकता पायो । भाग्यले विगतमा भोग्नु परेका अभावहरु जस्तै चाडपर्वमा राम्रो लगाउन र मिठो खान नपाएको कुराहरुलाई स्मरण गर्दै आफ्नो क्षमता र विवेकले भ्यायसम्म त्यस्ता समस्याबाट गुर्जियका व्यक्ति वा समुदायलाई आर्थिक अथवा भौतिक सहयोग गरिरहेको छ साथै उसकोे समाजले त्यस्तो व्यक्रि प्रति हेर्ने दृष्टिकोणमा परिवतन ल्याउन सोचमा देखिन्छ । अवको भाग्यको दिशा निर्देशन भनको औपचारिक अध्ययनको अन्तिम तह पुरा गरी क्षमताले सकेसम्म केहि समय भित्र नोकारी प्राप्त गरी आफ्नो जीवनयापनलाई सहजता दिनुका साथै समाजमा पनि एक प्रर्तिष्ठित व्यतिको रुपमा स्थापित हुने सोचमा अगाडि बढी रहेको छ । कथाको बाँकि अंस………
                                                                यो कथा लेखकको वास्तविक जीवनमा आधारित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिक समाज संस्थाद्धारा छलफल

२०७७ कार्तिक २५, मंगलवार १०:२६
सुर्खेत,२५ कार्तिक । सुर्खेत स्थित नागरिक समाज संस्थाले जिल्लाका समसामयिक सवालहरुका बारेमा सरोकारवालाहरुलाई ध्यानार्कषण गराएको छ । जिल्लामा रहेका शिक्षा, स्वास्थ्य, कृषी, विपद्, विकास निर्माण, सुशासन, कोभिड महामारी, बजार व्यवस्थापन, खाद्य गुणस्तर लगायतका विषयमा सरोकारवालालाई ध्यानाकर्षण गरिएको हो । नागरिक समाज संस्थाले विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तरक्रियाबाट सडक निर्माणका नाममा जनजिवन […]