पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १६:३८

१५ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी यथास्थितिमा पारित गर्न नसकिने : राजेन्द्र लिङ्देन

२०७८ फाल्गुन १५, आईतवार १६:३८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्दनेलने अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) यथास्थितिमा पारित गर्न नसकिने बताएका छन् । आइतबार संसद बैठकमा एमसीसीमाथिको छलफलमा आफ्नो धारणा राख्दै एमसीसीको दफा दफामा छलफल नगरी पारित गर्न नसकिने अध्यक्ष लिङ्देनले बताए । ‘यथास्थितिमा एमसीसी पास गर्नु भनेको देशलाई थप द्वन्द्वमा अघि बढाउनु […]