असिनाले स्याउखेती सखाप भए पछि किसान चिन्तीत

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ बैशाख १८, आईतवार १७:४०

जुम्ला सिँजा- कनका सुन्दरी गाँउपालिका–५ का सन्तोष बोहराले घर नजिकैको बगैँचामा १०० भन्दा बढि स्याउका बिरुवा लगाएका छन् । बख्खरै वोटमा झपक्क फुल फलेका र केहि साना दान पनि लागि सकेका थिए तर शनिबार साँझ एक्कासी परेको असिनाले फुलेका फुल सवै झारेर भुँइ ढाकेपछि उनी पीडामा परेका छन् । हावाहुरीसँगै ठुलो मात्रामा परेको असिनाले स्याउका फुल र साना दाना झार्दै जाँदा उनको आँखाबाट आँसु तप्प तप्प भुँइमा पनि झर्दै गए ।

बोहरा भन्छन् “असिनाले फुल र पात झारेको नाङगो विरुवामा हेर्दा साह्रै मन दुखेको छ”, ‘सरोकारवाला निकायबाट राहातको अपेक्षा गरेको छु, व्यवसायीक स्याउ खेति गर्दै आएका बोहरालाई अबको एक बर्ष कसरी घरखर्च चलाउने भन्ने पिर परेको छ ।
स्याउखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका उनी जस्तै त्यहाका हजारौँ कृषकको बेदना उस्तै छ । शनिवार साँझ ठुलो मात्रामा परेको असिनाले कनका सुन्दरी गाँउपालिका तथा सिन्जा क्षेत्रका हजारौँ स्याउका विरुवाको फूल तथा चिचिला र दाना झारेपछि त्यहाँ यस वर्षको स्याउखेती नष्ट भएको छ ।

असिनाले स्याउसँगै आरु, खुरपानी, ओखर लगायतका सबै फलफूलका विरुवाको फुल र दाना झारेको छ । हाल सम्म सम्वन्धित निकायको ध्यान भने पुग्न सकेको छैन् । आगनमै स्थानीय सरकार भए पनि कृर्षकका पिडा सुन्न सुनेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सप्तगण्डकी बिम्ब यात्राको अध्यक्षमा अर्जुन अर्याल

२०७९ बैशाख १८, आईतवार १७:४०
चितवन- भरतपुर २० चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको सिर्जनसिल कलमहरुको समूह सप्तगण्डकी बिम्ब यात्रा नामक साहित्यिक संगठनको अध्यक्षमा अर्जुन आचार्य चयन भएका छ्न । बिम्ब यात्राले सोमबार सम्पन्न पाचौ अधिबेशनको नेतुत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ,बिम्ब यात्राको उपाध्यक्षमा सुस्मिता पाण्डे,सचीवमा शिबराज कडेल,कोशाद्क्षमा अस्मिता सेढाई,र सहसचिवमा कल्पना चालिसे चयन […]