कनकासुन्दरी स्कुलको ४४औ बार्षिक उत्सव सम्पन्न

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ बैशाख २२, बिहीबार २०:२७

जुम्ला सिँजा- कनकासुन्दरी गाउँपालीका —५ स्थित ऐतिहासिक सिँजा नगरिमा रहेको श्री कनकासुन्दरी मा. बि. बिद्यालय को ४४औ बार्षिक उत्सब विहिवार सम्पन्न भएको छ । वार्षिक उत्सवको उद्घाटन कनकासुन्दरी गाउँपलिका अध्यक्ष नरविर रावतले  गरेका थिए


उद्घाटन समारोहमा वोल्दै अध्यक्षले भने समाज रुपान्तरणको माध्यम शिक्षा भएका कारण सबैले शिक्षालाई प्राथमितामा राखेर लगानी गरी आफ्ना बालबालीकाहरुको सुनौलो भविष्य निर्माण गर्नतिर लाग्नुपर्नेमा जोड दिए , साथै उनले यस विद्यालयको गुणस्तर शौक्षिक स्तर माथि उकास्न स्थानीय सरकारको ठुलो भुमिका हुने हुदा सक्दो सहयोग गर्नु पर्ने बताए । त्यस्तै विद्यालयलाई वर्तमान अवस्था सम्म ल्याउन प्रयत्नशिल सबैलाई धन्यवाद दिदै आगामी दिनमा अझै प्रगतिको शुभकामना समेत व्यत्त गरेका थिए ।
त्यस्तै स्कुलका प्रध्यापक लोकेन्द्र प्रसाद उपाध्यायले भने “गएको दुई वर्ष कोभिडको कारण वार्षिक उत्सव हुन सकेको थिएन तर यस वर्ष केहि सहज भएकाले उत्सव मनाएको’’ बताए ।

बार्षिक उत्सबमा दौड, सटपुट, लङ्गजुम्प, हाइजम्प, त्रिपलजम्प, भलिबल, कबडि लगाएतका विभिन्न खेल सँगै हाजिरीजवाफ र अन्य संंस्कृति कार्यक्रम गरेर मनाइएको थियो ।
साथै वार्षिक उत्सवमा वर्षभरीमा संञ्चालन भएका अतिरिक्त क्रियाकलाप तथा शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई शिल्ड तथा पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा गाउँपालीका अध्यक्ष, स्कुल व्यवस्थापन अध्यक्ष, अभिभावक,शिक्षक,विद्यार्थी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आचारसंहिता कार्यान्वनमा उम्मेदवारहरुको भूमिका आवश्यक

२०७९ बैशाख २२, बिहीबार २०:२७
सुर्खेत । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कर्णाली संवाद समूहले आचारसंहिताको पालना गराउनका लागि उम्मेदवारहरुको पनि अहम भुमिका रहेको जानकारी दिएको छ । बैशाख ३० गते हुने निर्वाचनमा आचारसंहितालाई कार्यान्वन गर्नमा उहम भूमिका रहने विभिन्नन राजनीतिक दलका उम्मेदवारहरुले प्रतिबद्धता जनाएका हुन । केही दिन अघि मात्र राजनीतिक दलका प्रमुख […]