पशुपतिमा साउने सोमवारको व्रत शुरु

उज्यालो रैबार   ।   २०८० असार २५, सोमबार ११:१२

चन्द्रमास अनुसार पहिलो साउने सोमवारको व्रत आजबाट शुरु भएको छ। सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजबाट नै व्रत शुरु भएको हो।

चन्द्रमासअनुसार दुईवटा सोमवारपछि अधिकमास शुरु हुन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ।

साउनमा अधिकमास परे पनि नित्य पूज आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ। चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मुलका भक्तजनको भीड लागेको छ। साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतबाट फरार प्रतिवादी पक्राउ

२०८० असार २५, सोमबार ११:१२
सुर्खेत । सुर्खेतको बड्डिचौरबाट एक जना फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ५ नयाँ बस्ति चिसापानी बस्ने फरार प्रतिवादी दल बहादुर बि।क।का छोरा ३१ बर्षका रमेश गोतामे रहेका छन् । उनलाई सुर्खेतबाट दैलेख जादै गरेको अवस्थामा आईतबार प्रहरी चौकी बड्डिचौर सुर्खेतले पक्राउ गरेको हो ।