उडिरहेकाे जहाजमा डिउटी सकियाे भन्दै पाइलटले जहाज फिर्ता गरेपछि

उज्यालो रैबार   ।   २०७८ मंसिर ७, मंगलवार १५:३९

काठमाडौं । नेपाल एयरलाइन्सका पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताए ।

‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के करणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाँउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असयोग भयो भनेर चुप बस्नु मान्छे हैन् । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको थियो । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर ९एटीसी० ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन, “हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।” जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन । पाइलट शेर्पाले जहाजलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेमा सचिवका ७ सिटमा २७ बढीको दाबी

२०७८ मंसिर ७, मंगलवार १५:३९
चितवन । एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा। शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् । त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, […]