जुम्लाकाे हिमामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

उज्यालो रैबार   ।   २०७९ असार ३१, शुक्रबार ०८:१७

जुम्ला: जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीकाे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्। हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जादा एकासी घर भासिएको थियो।
उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताए।
उनकाे कमान्डमा प्रहरी राती नै घटनास्थलमा पुगेको थियो। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विधेयक पारितको माग राख्दै भण्डारी सडकमा (फोटोहरु)

२०७९ असार ३१, शुक्रबार ०८:१७
सुर्खेत: कर्णाली समृद्धिका पिलर (खम्बा) मानिने त्रि–विधेयक प्रदेशसभामा पारित हुनुपर्ने माग राख्दै विधेयक सरोकार समाज ले कर्णाली प्रदेश सभा अगाडि आन्दोलन गरेको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै सरोकार समाजले कर्णाली […]