आजदेखि एसईई परीक्षा सुरु, ५ लाख परीक्षार्थी सहभागी

उज्यालो रैबार   ।   २०७९ चैत्र १७, शुक्रबार ०९:१४

काठमाडौँ । आजदेखि मुलुकभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो ।
यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।


अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

चैत २९ गतेसम्म चल्ने एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र छन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन अपिल गरेका छन् । आज बिहानै आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गगर्दै उनले परीक्षा मर्यादित बनाउन अपिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत्र १७, शुक्रबार ०९:१४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउका छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत […]