कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रो पट्क विश्वासको मत

उज्यालो रैबार   ।   २०७९ चैत्र १७, शुक्रबार २०:१७

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी रमखेको प्रस्तावमा ३८ मत खसेको हो।

उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो।

मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारमा पठाउने थप मन्त्रीहरुको नाम टुङ्ग्याउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

२०७९ चैत्र १७, शुक्रबार २०:१७
काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बिस्तारका क्रममा आफ्नो कोटा अनुसार मन्त्रीको नाम पठाउन नकसकेको नेपाली काँग्रेसले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । आजको उक्त बैठकले थप मन्त्रीहरु को–कस्लाई मन्त्रीमा पठाउने भन्ने विषयमा छलफल गर्नेछ । काँग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्री मात्रै पठाएको थियो । पार्टीभित्रै आन्तरिक कलह […]