रानिसैनबासीको खानेपानी समस्या हट्यो

सुस्वाले गर्यो छोटो समयमा आधादर्जन योजना सम्पन्न

रेवती रमण उपाध्याय   ।   २०८० श्रावण १०, बुधबार ०९:१८

जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालीका कुकुरदुला रानिसैन खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना वाट एक सय २४ घरका ६ सय ४६ जना प्रतक्ष्य लाभान्वित भएका छन् । पलिकाको वडा.न ७ स्थीत माथिल्लो रानिसैन र तल्लो रानिसैनका ६ सय वढी स्थानीय वासिन्दाहरुले वषौ देखि भोक्दै आएको खानेपानीकोे समस्या हटेको छ । स्थानीय लोकबहादुर कार्काीका अनुसार “यस अघि खानेपानीको लागी देउताधारो, सानो कुवाको र खिच्चने गएर पानी बोकेर खानुपर्ने बाध्यता थीयो, घण्टौ सम्म हिडेर पानी लिन जानु पर्ने त्यसमाथी लामोलाइन लागी दुषित खानेपानी खानुपर्ने अबस्था थियो जसले गर्दा गाउँघरका बालबालिका र बृद्धहरुलार्ई विभिन्न पानीजन्य रोगहरु लाग्ने गरेको थियो, तर अहिले यो परियोजना मार्फत घर आगँनमै स्वच्छ खानेपानी खानपाउदा निकै खुशी भएको बताए । साथै समयको बचत हुदा घरका अन्य कामहरुलाई समय दिन सहज भएको छ । ”
लोकबहादुर जस्तै अहिले यस गाउँका हरेक नागरीकमा खुशी छाएको छ । खाने पानीकै लागी घण्टौ हिड्नु पर्ने बाध्यता हटेको छ । पछिल्लो समय सबैको लागि दिगो खाने पानि सरसफाई तथा स्वछता परियोजना (सुस्वा) मार्फत निमार्ण गरीएको एक घर एक धारा आयोजना निमार्ण सम्पन्न हुदा रानिसैनका बासिन्दालाई स्वच्छ खाने पानीको सहज भएको हो ।

गाउँपालिका र सुस्वा को सयुक्त लगानीमा संचालित कुकुरदुला रानिसैन खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना निर्माण सम्पन्न भएको हो । ६८ लाख बढी लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजनामा नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन कनकासुन्दरी गाउँपालिका र उपभोक्ता समितिको नगद तथा जनश्रमदान समेत रहेकोे कनकासुन्दरी गाउँपालीका प्रमुख प्रशासकिय अधिकृर्त टेक बहादुर शाहीले जानकारी दिएका छन् । उपभोक्ता समिति सहयोग ७.८२%, जनश्रमदान १९%, पालिका अनुदान १०%, नेपाल सरकार अनुदान १७%, फिनल्याण्ड सरकार तथा युरोपियन युनियन अनुदान ४६ % रहेको छ ।

सुस्वाले गर्यो छोटो समयमा आधादर्जन योजना सम्पन्न

कनकासुन्दरी स्वच्छता सहजकर्ता पुर्ण प्रसाद हमालका अनुसार माथिल्लो रानिसैन र तल्लो रानिसैनका बासिन्दाका लागी दुई वटा १२ र २० घन मी.क्षमता भएको पानी ट्याङ्की निर्माण गर्नुका साथै ४ हजार ७ सय ८१ मी.शाखालाइन समेत निर्माण गरीएको छ । फागुन देखि संचालन भएको यस परीयोजनाले कनकासुन्दरी गाउँपालीमा खाने पानी तथा स्वच्छतामा छोटो समयमा आधा दर्जन वढी आयोजना निर्माण सम्पन्न गरेको हमालले जानकारी दिएका छन् । जसमा वुडु गाउँका ८४ घरमा एक घर एक धारा, मालीकाबोता २मा बाल, लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय, नेपाल राष्ट्र माध्यमिक विद्यालयमा शौचालय निर्माण, लुम भिगडे भट्ट भण्डारीका १ सय १९ धारा निमार्ण, वडा न ३ स्थित ओखरपाटामा कैलाश आधारभूत बिद्धालयको ४ कोठे पक्की बाल,लैंगिक तथा अपाङ्ग मैत्री शौचालय लगाएतका आयोजना निर्माण सम्पन्न भएका छन् । साथै यस परियोजनाले स्वच्छ तथा दिगो खानेपानी सेवा दिनुकोसाथै सबै घरधुरीहरुमा १ घर, १ धारा, १ चांग, १ हातधुने स्थानका साथै १ घर १ चर्पी निर्माण गर्न लगाउने र पूर्णसरसफाइ युक्त गराउने मुख्य लक्ष्य रहेको हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८० श्रावण १०, बुधबार ०९:१८
  काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका९२ पाँचधारा घर भई सोही नगरपालिका९६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती बालिकालाई सोही नगरपालिका९४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त […]

सम्बन्धित समाचार