`युवा पत्रकारिता पुरस्कार’ बाट देवकोटा सम्मानित

उज्यालो रैबार   ।   २०७८ आश्विन ७, बिहीबार ०६:३८

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहाकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एलपी देवकोटा प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच देवकोटालाई युवा पत्रकारीता पुरस्कार प्रदान गरेकी हुन । गत भदौ ३० गते आफ्नो वार्षिक उत्सवको अवसरमा युवा पत्रकारीता पुरस्कार दिने घोषणा गरेको प्रेस काउन्सिल नेपालले आज एक समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।
देवकोटाले प्राप्त गरेको युवा पत्रकारीता पुरस्कार १५ हजार राशीको रहेको छ । पत्रकार देवकोटा कान्तिपुर दैनिकको जुम्ला संवाददाता एवं खस रैवार डककमका सम्पादक हुन् । प्रेस काउन्सिलले प्रदान गरेको युवा पत्रकारीता पुरस्कार देवकोटा सँगै विभिन्न जिल्लाका १४ जना पत्रकारले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेती समाजसेवी ओम प्रकाशको अन्तिम संस्कार हुँदै, श्रद्धाञ्जली दिन उर्लियो भीड

२०७८ आश्विन ७, बिहीबार ०६:३८
सुर्खेत । सुर्खेतमा समाजसेवीको रुपमा चर्चामा रहेका ओम प्रकास सुवेदीको मृत्यू भएसँगै सुर्खेत शोकमा डुबेको छ । मंगलबार काठमाडौंमा उपचारको क्रममा निधन भएका सुवेदीको अन्तिम अन्त्यष्टीका लागि आज विहान मात्रै शव सुर्खेत ल्याइएको थियो । वीरेन्द्रनगर वडा नं. ११ नेवारेमा अहिले उनी आवद्ध संघ संस्थाका पदाधिकारी, उनका आफन्तजन, शुभचिन्तक, नेकपा […]